दफा ११
शर्त उल्लंघन गरेमा कोषको अधिकार
(१) दफा १० बमोजिम गरेको सम्झौता अनुसार कुनै ऋणीले कोषलाई बुझाउनु पर्ने ऋण, त्यसको ब्याज र पेश्की बापतको बाँकी रकम नबुझाई कोषसंग गरेको सम्झौतामा उल्लिखित शर्त उल्लंघन गरेमा वा त्यस्तो ऋणको रकम ऋणीसंग चुक्ता हुन नसक्ने पर्याप्त आधारहरू देखिएमा भाखाको अवधि नपुगेको भए तापनि कोषले ऋणीसंग लिनु पर्ने रकम फिर्ता माग गर्न वा ऋण दिंदा धितो बापत राखेको सम्पत्ति वा त्यस्तो ऋणीको अन्य सम्पत्तिहरु प्रचलित कानून बमोजिम कब्जा गरी चलन गर्न, बहाल वा ठेक्का पट्टामा दिन वा लिलाम बढाबढ, बोलपत्र वा आपसी छलफलद्वारा बिक्री गरी आफूले लिनु पर्ने रकम असूल उपर गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कोषले ऋणीको सम्पत्ति कब्जा गरी लिलाम बढाबढ, बोलपत्र वा आपसी छलफलद्वारा बिक्री गरेकोमा कोषले लिनु पर्ने रकम लिई बढी भएको रकम जति सम्बन्धित ऋणीलाई फिर्ता दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम लिलाम बढाबढ, बोलपत्र वा आपसी छलफलद्वारा पटक पटक प्रयास गर्दा पनि ऋणीको सम्पत्ति लिलाम बिक्री हुन नसकेमा वा प्राप्त मूल्यमा बिक्री गर्दा कोषको हितमा हुने नदेखिएमा तोकिए बमोजिम ऋणीको सम्पत्तिको मोल कायम गरी सो सम्पत्तिको स्वामित्व कोषले आफैं लिन सक्नेछ ।